Home > मुख्य समाचार > आगलागी र लुटपाट रोक्न सडकमा आएका हौं ; नेपाली सेना

आगलागी र लुटपाट रोक्न सडकमा आएका हौं ; नेपाली सेना

काठमाडौं । नेपाली सेनाले आगलागी नियन्त्रण र लुट रोक्न सेनाको केही युनिट परिचालन भएको बताएको छ ।

तीनकुने क्षेत्र तनावग्रस्त भएर कर्फ्यु लागु भएपछि सेना सडकमा देखिएको छ । ‘ब्यारेकअघि आगजनी र लुटपाट भइरहेको छ, सेनाले त्यसलाई हेरेर बस्न सक्दैन । आगलागि र लुट रोक्न सेनाको ४/५ युनिट गाडीसहित मुभ भएको छ । गौशला, कोटेश्वर, तीनकुने लगायतमा मुभ भएका छन्,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव कुमार केसीले भने, ‘सहयोग होस् भनेर हामीले सेना पठाएका हौं ।’

 

दुर्गा प्रसाई नेतृत्वको राजावादीहरुले निजी सम्पति क्षति पुर्‍याउने, गाडी मोटरसाइकलमा आगजनी गर्नेलगायतका गतिविधी गरेपछि तिनकुने क्षेत्र तनावग्रस्त बनेको थियो ।

स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *