Home > मुख्य समाचार > कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय

 सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले घिसिङलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पदबाट किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोध्नुअघि ऊर्जा  मन्त्रालयले घिसिङलाई कार्यसम्पादनमा शून्य नम्बर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *