प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेको छन् ।
सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।