Home > समाचार > एनआरएनएको अस्तित्व संकट: प्रवासी नेपालीहरूको भविष्य कुन दिशातर्फ?

एनआरएनएको अस्तित्व संकट: प्रवासी नेपालीहरूको भविष्य कुन दिशातर्फ?

काठमाण्डौ  –  एनआरएनए स्थापना भएदेखि अहिलेसम्म बनेका अधिकांश नेतृत्वले आफ्नो पदको दुरुपयोग गरेको आरोप खेपिरहेका छन्। कसैले पाँचतारे होटल खोले, कसैले निजी अस्पताल, कसैले बैंक स्थापना गरे, त कसैले ठूला जलविद्युत् परियोजनाहरूमा आफ्नो स्वार्थ मिलाएर लगानी गरे। तर, करिब ८० लाखभन्दा बढी गैर-आवासीय नेपालीहरूको वास्तविक हक, हित र नेपालमा लगानीको वातावरण सिर्जना गर्न कसैले चासो देखाएन।

अब प्रवासी नेपालीहरूलाई गम्भीर भएर सोच्ने बेला आएको छ। एनआरएनएको विधानमा उल्लेखित मूल उद्देश्य अनुसार एकता कायम गर्दै प्रवासी नेपालीहरूको श्रम, सीप, र पुँजीलाई नेपालमा परिचालन गर्ने ठोस योजना अघि सार्नुपर्छ। हतारको अधिवेशन र चुनावी व्यापारको सट्टा अब सही नेतृत्व चयनमा ध्यान दिन आवश्यक छ। सही उद्देश्य, पारदर्शिता, र परिणाममुखी सोचका साथ अघि बढे मात्र एनआरएनएको अस्तित्व सुरक्षित रहन सक्छ।

  विश्लेषक : शिव प्रसाद पौडेल निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *