२०८१ फागुन २५, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आयोजना गरेको “क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता – २०८१” नतिजा आज सार्वजनिक गरेको छ ।
संघले विश्वव्यापी खुल्ला “आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१” मा दिपन अधिकारी प्रथम भएको घोषण गरिएको छ । उनको “म नेपाली, मेरो नेपाल” शीर्षकको निबन्ध रहेको छ ।
यसैगरी दोस्रो हुनेमा विपिन ढकाल र तेस्रोमा नीराजन ढकाल भएका छन् । विपिनको “आँखाअघि देशको चित्र” र निराजनको “एक अँजुली माया देशको लागि” शीर्षकको निबन्ध रहेका छन् ।
सो निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
विजयी हुने प्रथमलाई नगद प्रथम रु. – ३०,०००/-, दोश्रालाई रु. २०,०००/- र तेस्रालाई रु. १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।
अन्य सहभागी मध्ये उत्कृष्ट सात प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ ।
प्रतियोगिताको छनौट सिफारिस समितिमा वरिष्ठ समालोचकहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी रहनु भएको थियो ।
निबन्धको विषय देशप्रेमबारे चेतना जगाउने खालको हुनुपर्ने जनाइएको थियो ।
प्रतियोगितामा समावेश उत्कृष्ट सात निबन्धहरुको सङ्ग्रह प्रकाशित गरिने भएको छ । उत्कृष्ट अन्य सात मध्ये सुनिता अधिकारी, प्रकाश नेपाली, खिना सारु र सुशील पौडेल रहेका छन् ।
पुरस्कारको लागि आर्थिक व्यवस्थापन समाजसेवी सपना राउत (अस्टिन, अमेरिका)ले गर्नु भएको छ ।