नेपाली संगीतमा छुट्टै पहिचान बनाएका गायक रुद्रसेनले यसपटक होली पर्वलाई लक्षित गरी ‘होली सररर’ ल्याएका छन् । गीतमा चर्चित गायिका समीक्षा अधिकारीले रुद्रसेनसँग स्वर भरेकी छन् भने संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको एरेञ्ज योगेश काजीले गरेका हुन् ।गीतको भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेन विश्वकर्माको उत्कृष्ट नृत्य तथा अभिनय देख्न सकिन्छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् भने सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।
ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेनले भने, “यो मेरो लागि निकै विशेष होली गीत हो । आर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन्, जसले गीतलाई झन् प्रभावशाली बनाएको छ ।”
गीतलाई डिजिटल प्लेटफर्महरू जस्तै युट्युब, स्पोटिफाइ, एप्पल म्युजिक, जिओसावन लगायतमा सुन्न सकिन्छ।
गीत सुन्न र हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://youtu.be/BLb29WdRlb4?t=9