- एक चीन नीति र चीनको सुरक्षा चासोमा काँगेस नेताहरुको प्रतिबद्त
चीन भ्रमणमा रहेका काँगेस नेताहरुले चीनको सुरक्षा चासो र एक चीन नीतिमा आफ्नो प्रतिबद्ता दोहर्याएकाछन् ।
पूर्व उपप्रधानमन्त्री सुजता कोइराला र देवराज चालिसेले सिचवान प्रान्तको लेसान सीटीमा आयोजित कार्यक्रममा लिखित मन्तब्य राख्दै चीन नेपालको असल छिमेकी भएकाले उसको चासोका विषयमा नेपाल सरकार सदैव सचेत र सतर्क रहँदै आएको धारणाा राखे ।
नेतृ कोइरालाले चीनले कला,संस्कृति, सम्पदा र पुरातात्त्विक महत्वका वस्तुको संरक्षणमा गरेको काम नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
उनले सम्पदा संरक्षणमा चीनको अनुभव र सहयोग लिन नेपाल सरकारलाई आग्रह पनि गरिन् ।
कार्यक्रममा बोल्दै नेता चालिसेले चिनियाँ राष्टपति सी जिनपिङको नेतृत्वमा चीनले अतुलनीय विकास गरेको स्मरण गर्दै चीनको प्रगति नेपालका लागि पनि लाभदायक र उपयोगी हुने विश्वास व्यक्त गरे ।
भ्रमण टोलीसंग लेसान सीटीको गुआनयीङ गाउँपालिकाका पदाधिकारीले पनि अन्तरकृया गरेका थिए । त्यसक्रममा स्थानीय नेताहरुले आफुहरुले पनि निर्णय प्रकृयामा प्रजातान्त्रिक अभ्यास सुरु गरेको जानकारी गराएका थिए ।
टोलीलाई विभिन्न कृषि एवम नमुना क्षेत्रको पनि अवलोकन गराइएको थियोे ।