Home > मुख्य समाचार > सुजता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

सुजता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति

चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ ।

चीन भ्रमणमा रहेको काँग्रेस प्रतिनिधिमन्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरुको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो ।

छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकि थिइन् । उनले आफुले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

चिनियाँ कुटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफुहरुले महत्त्वपूर्णरुपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिकृया दिइन् ।

कुटनीतिज्ञ सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरुसंग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा राखिन ।

चीनले बिचारको बिभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमण काँग्रेससंगको सम्बन्ध अझै बलियो बनाउने उद्वेश्यबाट अभिप्रेरित भएको समेत बताइन् ।

भ्रमण टोलीलाई सिचवानको प्रसिद्व पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो । त्यसअघि चिनियाँ राष्टपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियोे । यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *