Home > मुख्य समाचार > सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफ

नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिए ।

नेतृ कोइरालाले लिखित मन्तब्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली काँग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन् । उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गरिन् ।

भेटमा सहभागी नेता लामा, किरण यादव र देवराज चालिसेका अनुसार यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र काँग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्वत पुग्नेछ ।

भेटमा काँगेसका १५ जना नेता सहभागी थिए । चिनकोतर्फबाट सीपीसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु,सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना
नेता सहभागी थिए ।

चिनियाँ नेताहरुले नेपालसंगको साँस्कृतिक सहकार्य र विकासलाई पनि संगसंगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए ।

भेटवार्ताअघि कोइराला नेतृत्वको ट‍ोलीले सिचवानको प्रसिद्व म्युजियम र साँस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो ।

कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरुसंग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *