काठमाण्डौ– लोकप्रिय गायक रुद्र शेखर शर्मा छोटो समयमै नेपाली गीत संगीत बजारमा छाउन सफल भएका गायक मध्ये पर्दछन् । फुटकर गीत गायनमा लामो समय देखी सक्रिय भए पनि उनले पछिल्लो पटक आफ्नो एकल एल्बम् “रुपम”लाई बजारमा ल्याएका छन् भने “दुःख्दिन म कहिल्यै पनि” बोलको गीतले पनि नेपाली सांगितीक बजारमा धमाका मच्चाई रहेको छ । रुपम एल्बम् मै रहेको गीत “दुःख्दिन म कहिल्यै पनि” मार्फत गायक शर्माले “राष्ट्रिय रापती म्युजिक अवार्ड २०१८” मा गजल विधातर्फ सर्वोत्कृष्ट नव गायकको अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
वि सं २०१८ मा बजारमा ल्याइएको उनको एकल एल्वम् “रुपम”ले उनलाई अझै झन बढी चर्चामा ल्याएको छ । रुपम भित्र रहेका प्रायः सबै गीतहरुले नेपाली सांगीतिक बजारमा चर्चा कमाईरहेका छन् । भने एल्बमबाट गायक रुद्रले राम्रो कमाई समेत गर्दै आईरहेका छन् । छोटो समयमै आफ्नो अन्य गायकहरु भन्दा फरक प्रकारको स्वर भएका कारण नेपाली गीत संगीत बजारमा रोजाईको गायकको रुपमा आफुलाई स्थापित गर्न सफल भईसकेका छन् । गायक रुद्र शेखर शर्मा नेपाली गीत संगीत बजारको भविष्यको लागि एक सुनौलो खुम्बा हुन । उनिलाई बोल्ड स्वरका धनि यूवा गायकका रुपमा आम दर्शक तथा श्रोताहरु र गीतसंगीत क्षेत्रका मानिसहरुले लिन थालेका छन् । यसो हुनु भनेको गायक शर्माका लागी गायन करिअरका लागी ग्रिन सिगनल पनि हो ।
“दुःख्दिन म कहिल्यै पनि” गीतले उनलाई नेपाली सांगितीक बजारमा चिनाउन सफल भईरहेको छ भने यस गीतले नेपाली गीत संगीत बजारमा आर्थिक रुपमा पनि सफल बनाउँदै गइरहेको छ । यस गीतमा एउटा सच्चा प्रेमीको मनको भावनाहरुलाई निक्कै मार्मिक ढङ्गले बयान गरिएको छ । आफ्नो मायालुलाई नपाउँदा पनि मन नदुःखाउने तर पाउने आशामा बसीनै रहने, दुरी जति सुकै टाढा भए पनि माया अझै गाढा भईनै रहने, जस्ता कुराहरुलाई समेटिएको छ । आफ्नो मायालुलाई विश्वासका साथ राख्ने विश्वास गर्ने र आँशु भित्र नवगाउन अर्थात आँशु जस्तै मायालाई पनि नवगाउने अठोट र विश्वसलाई यस गीत मार्फत अझै मार्मिक बनाउने प्रयास गरिएको छ ।
मायालु जोडीहरु सफल हुने र नहुने बेग्लै कुरा भए पनि साँचो मायाको जित हुने आशामा पर्खेर बस्न पनि गाह्रो नहुने कुराहरुलाई यस गीतमार्फत दर्शक तथा श्रोताहरुलाई भन्न खोजीएको छ । गीतकार विपिन किरणका सुन्दर शब्दहरुमा र संगीतकार नारायण सुवेदी “आभाष”ले भरेको सुमधुर धुनमा आफ्नो जादुमयि स्वर भरेका गायक रुद्र शेखर शर्माले साँच्चै नै गीतलाई न्याय गरेका छन् । गीतमा चर्चित एरेन्जर किरण कडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको छ । यस गीतमा गीतकार, संगीतकार लगायत प्रविधिकहरुको पनि अथक मिहनत रहेको देखिन्छ ।
“दुःख्दिन म कहिल्यै पनि” गजल र गायनका चर्चित संगीतकार सन्तोष श्रेष्ठले गायक रुद्रको स्वरको तारिफ गर्दै भनेका छन् “ साँच्चै नै यूवा पुस्ताका गायकहरुका विचका एउटा जाज्वलयमान नक्षत्र हुन् गायक रुद्र शेखर शर्मा । कुनै दिन संयोग मिलेमा म गायक रुद्र शेखरको स्वरमा एउटा मिठो गजल रेकर्ड गराउने इच्छा रहेको छ ।
नेपाली आम श्रोताहरुले निक्कै नै रुचाइएको यो गीतले गायक रुद्र शेखर शर्मालाई आम श्रोताहरुको माझमा अझै लोकप्रियता बढाइ दिएको छ । आवाजको माध्यमबाट एउटा सुन्दर शब्दहरुलाई निक्कै नै रोचक तरिकाले पस्कन सक्नु आवाजको जादुमय सक्तिकै कारण हो । गायक शर्माको आवाजलाई यति धेरै मन पराउनुमा उनको मिहेनत र परिश्रमलाई पनि नजरअन्दाज गर्न सकिदैन । सुमधुर आवाजका धनी गायक रुद्र शेखर शर्माको आगामी गायन यात्राको निरन्तरताको कामना गर्दछौं ।