काठमाडौं
छिमेकी रास्ट्र चीनको वुहानबाट फ़ैलदै आयोको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २३५ आईसीयू बेड तयार पार्ने भएको छ साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ नेपाल आज उच्च जोखिम रहेको समेत बताउदै आयको छ कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा अनिबार्य बस्नुपर्ने व्यवस्था समेत गरेको छ ।
कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको सबै सचेत समेत रहन उहाले जानकारी बताउनु भयको छ।
काठमाडौँ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग,
पाटन अस्पताल
कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ
वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।
नेपालमा कोरोनाको संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले आमा सर्बसाधारण लाइ भयभीत र आतंकित नहुन अपील गरेका छन् ।
अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छन् । ९ जनवरी २०२० मा नेपालमा आएका विद्यार्थीले १३ तारेखमा परीक्षण गराउँदा पोजेटिभ देखिएको तर १० दिन अस्पतालमा उपचार गरेर पुनः परीक्षण गराउँदा नेगेटिभ रिजल्ट आएकोसमेत उनले जानकारी दिएका छन्।
तर विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको उनले बताए। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।