Home > समाचार > पोखरा कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार राती ५ म्याग्नेच्यूटको भूकम्प

पोखरा कास्कीको लुम्लेलाई केन्द्र बनाएर आइतबार राती ५ म्याग्नेच्यूटको भूकम्प

पोखरा, २ चैत / आइतबार राती गएको भूकम्पपछि पोखरामा मानिसहरुलाई त्रसित भएर सडकमा निस्का छन् । रातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् । कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५ म्याग्नेच्यूटको भुकम्प राति ८ बजेर ४५ मिनेटमा भूकम्प गएको  छ । करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ । भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए । यस अगाडी पुस १७ पनि पोखरामा भूकम्पको महसुश भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *