Home > समाचार > कपनबाट डेढ लाख मास्क बरामद ८ जना पक्राउ

कपनबाट डेढ लाख मास्क बरामद ८ जना पक्राउ

काठमाडौं । कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मेडिकल हरुमा मास्कको कृतिम अभाव छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार ७८ हजारमाक्ससहिता 8 जान पक्राउ परेको छन् परेका थिए ।पछिलो समयमा मेडिकलमा महागो दरमा सर्जिकल माक्स औसधि पसलहरुले बेच्दै आयको छन् भने सिटामोल साइनेक्स जस्तो औसधि समेत  फार्मेसीमा अभाब देखायको छन् अभाब सिर्जना गर्नेविरुद्ध प्रहरी कडाइ गर्दै आयको छ   ।

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ । अझ कपनको विभिन्न क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशन अझै जारी छ । त्यसैले बरामद संख्या बढ्न सक्ने एक प्रहरी अधिकृतले अनलाइनखबरलाई बताए ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए भने यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन्  उनीहरुको परिचय खुलाइएको छैन उनीहरुको अनुसन्धान भैरहेको छ ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ माक्स हुदा हुदै पनि अभाब गरायर महगोमा बेचियको थाहा भय प्रहरीलाइ खबर गर्ना समेत जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *