- समाजसेवी राजिब श्रेष्ठ सम्मानि
काठमाडौं । ब्लड डोर्नस सोसाइटी नेपालका सल्लाहकार सदस्य राजिब श्रेष्ठ ‘South Asian Regional Countries Brilliance Award बाट सम्मानित भएका छन् ।
वर्ड बुक अफ स्टार रेकर्डसले उनलाई आज एक कार्यक्रमका बीच काठमाडौंमा सो सम्मान प्रदान गरेको हो । विगत १५ वर्षदेखि अनवरतरूपमा सामाजिक कार्यमा संलग्न श्रेष्ठ यस सामाजिक क्षेत्रमा सेवाको भावले अभिप्रेरित भइ बिभिन्न संस्थाहरु मार्फत समाज सेवा गर्दे आएका छन्।
सामाजिक कार्य प्रतिको जोश र युवा मस्तिष्कहरूलाई पोषण गर्ने गहिरो प्रतिबद्धतासहित सामाजिक क्षेत्रमा निरन्तर समर्पित श्रेष्ठ आफ्नो ब्यस्त कार्य समय बाबजुत् समाजिक कार्यको
निरन्तरता तथा व्यावहारिक विधिहरूलाई अपनाउन सफल रहेका छन्।
साथै युवाहरुको लागि उनले समाज सेवा मार्फत प्रेरणा दिँदै आएका छन् ।
आज एक समारोहमा बिभिन्न देशका २९ जना ब्यक्तिहरुलाई सम्मान र २ जनालाई मानार्थ प्रदान गरेको आयोजकले जानकारी गराएको छ।
“सामाजिक विकासका क्षेत्रमा ब्लड डोर्नस सोसाइटीले तथा लायन्सले सम्पन्न गरेका काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् । यहि संस्थाहरुका कारणले मैले पनि समाज सेवा गर्ने बाटो बनाउन्दै गएको छु साथै सबै जना संस्थामा आबध्द हुन अनुरोध छ”श्रेष्ठको भनाइ थियो ।