Home > अर्थ/बाणिज्य > एस. एस फाउन्डेसन द्वार जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

एस. एस फाउन्डेसन द्वार जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पौष ०७ काठमाडौ /भक्तपुर चागुनारायण नगरपालिका वड नम्बर ०८ का  ज्येष्ठ नागरिकलाई जाडोबाट जोगाउन भन्दै न्यानो कपडा वितरण गरिएको छ।

एस एस फाउन्डेसनको सहयोगमा भक्तपुर सुडालमा
१ सय ४७ भन्दा बढी जेष्ठ नागरिकलाई न्यनो कपडा(ज्याकेट )वितरण गरिएको छ।

वितरण कार्यक्रम SS foundation ( एस एस फाउण्डेशनका) संरक्षक एंव राप्रपाका केन्द्रीय सदस्य,समाजसेवी तथा गितकार  श्री शोभित उप्रेती र प्रमुख अतिथि माननीय श्री पशुपति जंग बहादुर राणाले   ज्याकेट प्रदान गर्नु भएको छ।

जेष्ठ नागरिकलाइ चिसो समयमा न्यानो ज्याकेट आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा प्रमुख अतिथि माननीय पशुपति शम्शेर ज.व.रा.ले

 


एस एस फाउण्डेशन र संरक्षक एवं राप्रपाका केन्द्रीय सदस्य,समाजसेवी तथा गितकार श्री शोभित उप्रेतीलाई धन्यवाद व्यक्त समेत गर्नु भएको थियो।नयानो कपडा हस्तान्तरण कार्यक्रमले जेष्ठ नागरिकलाई हिडडुल गर्न चिसो मौसममा आफ्नो गतिविधि बढाउन थप टेवा पुग्ने राणाले  बताउनु भएको छ♦ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *