१६ कात्तिक, काठमाडौं ।चन्द्रागिरि नगरपालिका १ दहचोक खहरे कृति स्पाइस हाउस अचार उधोगकी संचालक सफल महिला उधमी , मिरा कुमारी बजगाई तरकारी प्रशोधन तालिम अन्तर्गत अचार निर्माण सम्बन्धि तालिम लिए पश्चयात केही दिनको सामान्य अचार बनाउने तालिम लिए सँगै सफल उधमी बन्ने चाहानाले अाफुले अचार बनाई सफल उधमी बनेको र काठमाडौं महानगरपालिका भित्र सफल उधमी महिला भित्र पर्न सकेको अाफ्नो जिवनगाथा हामिहरु माझ सुनाउँदा गरे के हुँदैन?
हाम्रो देश लाई अझैपनि पुरुष प्रधान देश भनेर चिनिन्छ । महिलाहरुले अझैपनी साना तिना कार्यहरु गर्नेको लगि पुरुषहरु संगनै अनुमती लिनुपर्दछ। कानुनमा उल्लेख भए अनुरुप महिला र पुरुषले समान अधिकार पाउने हो भने एक घर एक उद्यम भन्ने अभियान सुरु हुन कति पनि समय पनि लाग्दैन ।
स्थानयि स्तरमा नै प्राप्त हुने स्थानिय स्रोत साधानको प्रयोगबाट बिभिन्न प्रकारको व्यवयसायहरु सञ्चानल गरी आर्थिक उपार्जन गरी बैदेशीक रोजगारलाई समेत न्युनिकरण गर्न सकिन्छ भन्दै च्छोरोल्पा अनलाइन खबर लाई बताउनु भयो।
महिला उधमी , मिरा कुमारी बजगाईको अब कथा सुरु हुन्छ, एक सफल महिलाको,मकवानपुर माइती घर भोजपुर हाल काठमाडौं बसोबास गर्दै आएकी मिना कुमारी बजगाईको पारिवारीक अवस्था र उनको कष्ठकर जिबनलाई फर्केर हेर्ने हो भने जो कोहिको आखा बाट आसु आउन सक्छ । तर उनी अहिले देशकै सफल महिला उद्यमीको रुपमा परिचित छिन् ।
उनलाई बिगत २०६७ सालमा घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वर काठमाडौबाट अचार, बनाउने तालिममा सहभागी हुने मौका मिलेको थियो । तालिम प्राप्त गरिसकेपछी मैले आफ्नो सिपलाई परिचालन गरी स्थानिय स्तरमा पाईने बिभिन्न प्रकारका अचारहरु उत्पादन गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरे । उक्त व्यवसाय सञ्चालन गर्नेको लागि मसंग पुजिँको आवश्यकता थियो घरमा आफ्नो अवस्था नाजुक तर आफन्ताको खासै सहयोग थिएन ।
धितो राख्नको लागि समेत मेरो नाममा घर जग्गा केही थिएन मैले ऋण मागेर व्यवसायमा लगानी गरे । सुरुको दिनदेखी आफ्नै घर वरपर पाईने आपँ, मुला, खुर्सानी आदिको उत्पादन गर्न थाले ।
सुरु सुरुका दिनहरुमा उद्योगको प्रचार प्रसार हुन नसकेको कारण बिक्री गर्न गाह्रो भएको थियो । तैपनी कतिपनी हार नमानी व्यवसाय भने सञ्चालन गर्दैै गए, । उद्योग सुरुगरे पश्चात मैले मेरो व्यवसायलाई घरेलु तथा साना उद्योगमा दर्ता गरे । दर्ता पश्चात उक्त कार्यालय बाट व्यासायका लागि मेशिन औजारहरुको पनि सहयोग प्राप्त भयो जापान अस्ट्रेलिया लागायत नेपालको अधिकाश जिल्लामा तालिम समेत दिए।
यसरी नै अन्य निकायहरुबाट पनि प्रचार प्रसार बिक्री गर्न सहयोग प्राप्त भयो । (मलाई सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी संघ संस्था, एवं सल्लाहा सुझाब र हौसला प्रदान गर्नुहुने सम्पुर्ण मित्रहरुलाई हार्दिक आभार प्रकट गर्न चाहान्छु । खुशी हुदै स्पाइस हाउस अचार उधोगकी संचालक सफल महिला उधमी , बजगाईले भनिन् ।
जब अचार व्यासाय फस्टाउदै गयो घर परिवार लगायत मेरा आफन्तहरुले समेत मलाई सहयोग गर्न थाल्नुभयो , त्यस पछी मलाई काम गर्न झन हौसला बड्यो, र मलाई म सफल भएको महसुस भयो । मिना मुसकुराउदै प्रतिक्षाको फल मिठो हुदो रहेछ भन्ने कुरामा म बिश्वस्त भए ।
अहिने यस व्यवसायबाट मासिक रुपमा करिब ३ लाख आम्दानी गर्छु । खर्च कटाएर मासिक सालाखाला १ लाख रुपैया नाफा हुन्छ तेती मात्र नभई धेरैलाई तालिम दिएर रोजगारी समेत दिएको छु । स्थानीय स्तरमा पाईने कागती, निहुरो, पिडालु, मेथि, सिप्लेकान, कोईरालो, कर्कलो, पिडालु, लप्सी, अमला, रुख कटर, आपँ, स्कुस, अमरा, निबुवा,चिकेन,बगुराको अचार परिकारका समेत बनाएको छु ।
कतिपय अचारहरु जडिबुटीहरुबाट उत्पादन हुने भएकाले यसको माग पनि उनिकै छ । बजार खोज्न टाडा जानु परेको छैन, काठमाडौ समेत मेरो अचारको बजार क्षेत्र धेरै राम्रो रहेको छ ।अहिले मेरो कृति स्पाइस हाउस अचार व्यवसाय नमुना नै बनेको छ ।
स्थानयि स्तरमा पाईने खेर गईरहेको कच्चापदार्थलाई परिचालन गरी अरु पनि बिभिन्न परिकारका अचारहरु उत्पादन गर्ने सम्भव छ । आगामी दिनहरुमा व्यवसायलाई अझै बृद्धि गर्दै लैजाने निर्णय गरेकी छु र अन्य दिदि बहिनीहरुलाई पनि अचार सम्बन्धी तालिम प्रदान गर्नेछु । ताकी स्वदेशमा नै रोजगारीको अवसर श्रृजना होस ।
“अहिलेको अवस्थालाई हेर्ने हो भने नुन देखी सुन सम्मका सामानहरु अन्य देश बाट आर्यात हुने गरेको छ ।
स्थानीय स्रोत साधानको समुचित प्रयोगबाट उद्यमहरु सञ्चालन गर्न सकिन्छ । मेरो पनि एउटा सानो प्रयास हो ।
थोरै लगानीबाट सुरु गरेको मेरो व्यवसाय अहिने नमुना बन्न पुग्यो । गरे के हुदैन र ! भन्ने कुरा मैले अहिले आएर अनुभव गरेकी छु । नेपाली युवाहरु कामका लागि बैदेशिक रोजगारमा जान्छन्, तर यस्ता थुप्रो रोजगारका सम्भावनाहरु यही हाम्रो देशमा छ । उद्यमशिलताले रोजगार प्रर्बदन गदैछ । यस्ता उद्यमहरु सञ्चालनले बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई समेत कम गर्न सक्छ । दिदि बहिनीहरुलाई म यही सन्देश दिन चाहान्छु ” ।
वास्तवमा उद्यमशिलताले मानिसलाई पर–निर्भरबाट बाहिर निकाल्ने काम गर्दछ, उद्यमशिलताले रोजगारी श्रृजना गर्दछ, आर्थिक अवस्था सुधार गर्छ, गरिबी घटाउछ र जिवन समृद्धि तर्फ उन्मुलन हुन्छ । ,मिरा कुमारी बजगाई उनै हुन् जसलाई उद्यमशिलताले परिचित गरायो सामाजिक क्षेत्रमा पनि अतुलनिय योगदान छ । उनको अचार उद्योग अहिले सबैको लागि सबैलाई प्रेरणा मिलेको छ