बाराको सुवर्ण गाउँपालिका २ कवहीगोठमा संचालित पशुपंक्षी हाट बजारमा स्थानीय किसानहरुको आकर्षण बढ्दो छ । घटस्थापनाका दिन हाट बजार उद्घाटन गरेपछि हिजो पशुपंक्षी हाट बजार लागेको थियो । अब फूलपातीका दिन हाट लाग्ने छ । उक्त हाटमा किसानले आफ्ना पशुचौपाया ल्याएर बिक्री गर्न सक्ने छन्। बिज्ञाप्रत्येक बिहीबार र आईतबार पशुपंक्षी हाट बजार लाग्ने छ यो बारा जिल्लाको सबैभन्दा ठूलो, परिमार्जित र व्यवस्थित हाट बजार हो । बजारमा व्यापारीहरुलाई सम्पुर्ण सुबिधा रहेको छ । पशुपन्छीलाई पनि आहार ब्यहारको राम्रो व्यवस्था मिलाइएको छ । जसका कारण पनि यो हाट स्थानीय किसानहरुको पहिलो रोजाईमा पर्न थालेको छ । पशुपन्छी मात्र होइन पशुपन्छी बिक्री गर्न आएका किसानलाई पनि राम्रो सेवासुविधा उपलब्ध गराउने भएकाले हाट स्थानीय बजारमा निकै चर्चा हुने गरेको छ । चौपायाको भेटनरी तथा करेन्टाइन गर्ने व्यवस्था समेत रहेको छ ।