उद्दब विश्वकर्मा
१८ असोज २०८१, शुक्रवार राष्ट्रिय दलित पत्राकार संघ नेपाल जिल्ला कार्य समिति दोलखा शाखाले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। नेपालीहरुको महान चाड दसैँ तिहारको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको हो।उक्त कार्यक्रम राष्ट्रिय दलित पत्राकार संघ नेपाल जिल्ला कार्य समिति दोलखा शाखा सदस्य, बिमला विश्वकर्मको अध्यक्षतामा सञ्चालन भएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री मीनबहादुर विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दोलखा जिल्लाका संयोजक कमल श्रेष्ठ,नेपाली काग्रेस दोलखा,पुर्व पार्टी सभापती,रुद्र खडका,तारा बहादुर कोइरालाले दसैँ तिहार सबैका लागि सुख रहोसे भन्दै राष्ट्रिय दलित पत्राकार संघ नेपाल जिल्ला कार्य समिति दोलखा संगठन निर्माण गर्ने उमंग पलाउनुपर्ने बताए।
दोलखा,पुर्व पार्टी सभापती,रुद्र खडकाले रहेक वर्ष दसैँको अवसरमा दोलखाका संगठन युनियनले यो कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिँदै यसबाट पनि संगठन चलायमान बनाउन झन् यो कार्यक्रमले सहयोग मिलेको बताए।
दोलखा,पुर्व पार्टी सभापती तारा बहादुर कोइरालाले जिल्लामा अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए। यस पटकको बडादसैँले पार्टी निर्माणमा सक्रिय रुपमा लाग्ने प्रेरणा दसैँ तिहारले कार्यकर्तामा मिलाओस् भन्दै उनले यसका लागि पार्टी सहयोग गर्न तयार रहेको बताए।
शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन ब्यानर पढ्ने र दिप प्रज्वलन नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य, नेपाल सरकारका पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री मीनबहादुर विश्वकर्माले गरेका थिए। प्रत्येक सहभागीबाट परिचयसहित दसैँ तिहारको शुभकाना ब्यक्त गरिएको थियो।