काठमाडौँ – शनिबार राति देशका अधिकांश भूभागमा भारी वर्षा भएको छ।
शुक्रबार बिहानैदेखि सुरु भएको वर्षा शनिबार बिहान पनि जारी रहेको हो।वर्षाका कारण सबै नदीहरुमा खतराको सहत पार गरिसकेको छ भने तलाउ पोखरीहरुमा जल सतह भरिएर निक्कै माथि आएको छ।
भारी वर्षाको कारण काठमाडौँ उपत्यकाका सबै नदीनालाहरुले पनि जलसतहले खतराको बिन्दु पार गरेका छन्।देशका अधिकांश सडक पहिरोका कारण अवरुद्ध भएको नेपाल प्रहरीले जनाएका छन्। रातभर कहाँ कति धनजनको क्षति भयो भन्ने विवरण भने आइनसकेको प्रहरी जनाएको छ। सर्वसाधारणलाई सुरक्षित रहन र आत्याआवश्यक काम बाहेक घर बाहिर नजान प्रहरी र मामैसम पूर्वाअनुमान महाशाखाले आग्रह गरेको छ।