उद्दाब बिश्वकर्मा
गीतकार सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ । गीतमा दोलखाका पुराना,धार्मिक,साँस्कृतिक तथा ऐतिहासिक विषयवस्तु समेटिएको म्युजिक मिडियोे दोलखा जिल्लालाई समर्पित गरिएको गीतमा दोलखाको जीवन्त संस्कृति र समृद्ध सुन्दरताको वर्णन छ।
गीतमाप्राकृतिक सौन्दर्यले भरिएका गौरीशङ्कर हिमाल,तामाकोसी नदी, कालिन्चोक, शैलुङ, हनुमन्ते, लगायतलाई वर्णन गरिएको छ । मानवनिर्मित संरचनाका रूपमा रहेको मिनीग्रेटवाल,कालिञ्चोक केबलकार लगायतलाई थप चर्चामा ल्याउन भिडियोले सहयोग पुग्ने विश्वास गरिएको छ ।
दोलखाको शहरी क्षेत्रका रुपमा विकास हुँदै गरेका स्थानहरु जिरी, मैनापोखरी, साङ्वाबजारलाई गीतले जोड्न खोजेको छ । धार्मिक पर्यटनका रुपमा चर्चित भीमेश्वरलाई समेत गीतले थप प्रकाशमा ल्याउने प्रयास गरिएको छ ।गीतमा वर्णन गरिएका दोलखाका महत्वपूर्ण स्थानमा पुगेर छायाँङ्कन गरी भिडियो सामग्री तयार गरिएको स्रोतले जानकारी दिनुभएको छ ।
कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियोमा कलाकार सञ्जीव ठकुरी र मोडल बबिता गुरुङको अभिनय रहेको उक्त भिडियोले दोलखाको पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै नयाँ गन्तव्यको प्रचार प्रसारमा अझ टेवापुग्ने सर्जक सुन्दर खड्काले च्छोरोल्पा अनलाइन खबर सग कुरा गर्दै जम्मा ७ मिनेटको म्युजिक भिडियोमा प्रेमकथा, नृत्य, अभिनिय तथा दोलखाको महत्त्वपूर्ण पर्यटकीय स्थलको दृष्य समेटेको जानकारी दिएका छन ।
गायक नरहरि प्रेमी र गायिका अस्मिता अधिकारीको आवाज सुन्दर खड्काको रचना रहेको छ ।
वेभ रेकर्डिङ स्टुडियो अनामनगरमा एरेन्जर नरेन्द्र वियोगीको व्यवस्थापनमा रेकर्डर समीर कार्कीद्वारा रेकर्ड गरिएको गीत सहकार्य र समन्वय जिल्ला युवा समितिका अध्यक्ष भरत रोन श्रेष्ठले गर्नुभएको छ । गीतको श्रव्य सामग्री तयार गरी दोलखाका विभिन्न स्थानमा छायाङ्कन सम्पन्न गरी श्रव्यदृष्य सहितको गीत भोलि सनिवार बिहान ११ बजे होटल हार्दिक बागबजारमा म्युजिक भिडियो लोकार्पण समारोह द्वारा सार्वजनिक गर्ने तयारी रहेको जिल्ला युवा समितिका अध्यक्ष भरत रोन श्रेष्ठले च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ।