Home > कला र साहित्य > हरिओम मङ्गोलको “मायाँ लाउनै हतार भो” सार्वजनिक

हरिओम मङ्गोलको “मायाँ लाउनै हतार भो” सार्वजनिक

काठमाण्डौ  – “मायाँ लाउनै हतार भो”… आफ्नै शब्द,सङ्गीत र स्वरमा तयार गरिएको गायक एवम् मोडल हरिओम मङ्गोलले रोमान्टिक शैलीको डान्सिङ गीतको भर्खरै अडियो भिडियो सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ” हेर्न मन भेट्न मन ” गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनय “मायाँ लाउनै हतार भो”… बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । युगल गायनमा रचना रिमालले साथ दिएकी छिन् ।

संयोगान्त भावमा लेखिएको गीतमा हेमन्त शिशिरको एरेन्ज, रेकर्डिङ र मिक्सिङ रहेको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा हरिओम मङ्गोल र रश्मिला तामाङको नृत्यसहितको अभिनय रहेकोे छ । म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको कलरिङ्ग, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो हरिओम मङ्गोल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *