Home > समाचार > साबधान मास्क लुकाउने र बढी मुल्यमा बेच्नु भयकोछ भने २ लाखसम्मको जरिवाना गरिएको छ

साबधान मास्क लुकाउने र बढी मुल्यमा बेच्नु भयकोछ भने २ लाखसम्मको जरिवाना गरिएको छ

पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आइरहेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मेडिकल क्षेत्रमा बजार अनुगमन तीव्र बनाएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए।

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै. क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताएका छन्।

यो पनि समाचार 

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ  यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *