Home > मुख्य समाचार > प्रेस स्वतन्त्रताका सेनानी एबम नेपाली पत्रकारिता जगतका भिष्मपितामह बरिष्ठ पत्रकार गोपाल थपलिया अभिनन्दन

प्रेस स्वतन्त्रताका सेनानी एबम नेपाली पत्रकारिता जगतका भिष्मपितामह बरिष्ठ पत्रकार गोपाल थपलिया अभिनन्दन


काठमाडौँ/नेपाल प्राइड मिडिया प्रालिले आफ्नो समुदघाटन उत्सवको अवसरमा बिभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान गर्दै नेपाल प्राइडा मिडिया हाउस समुदघाटन समारोह २०८१ को आयोजना गरेको हो ।
काठमाडौँको बत्तिसपुतलि स्थित होटल तपसमा आयोजना भएको कार्यक्रममा बरिष्ठ पत्रकार गोपाल थपलियालाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट दोलखाको पर्यटन प्रवद्धनमा टेवा पु¥याउनु हुने नेपाल पत्रकार महासंघ दोलखा शाखाका दीपशंकर चौलागाई, पूर्व अध्यक्ष तथा प्रेस काउन्सिलका सदस्य, चिरन्जीवी मास्के,पत्रकार गोकर्ण भण्डारी,। संचारकर्मी अर्जुन राज भण्डारी, साहित्यकार, बालकृष्ण थपलियालाई सम्मान गरिएको थियो ।
समुदघाटन उत्सवको अवसरमा पत्रकारीता क्षेत्रमा उत्कृष्ट योगदान गर्नुहुने दोलखा पत्रकार समाज, अफिसर कल्ब दोलखा,,रमेश खड्का, सन्तोष श्रेष्ठ, बबिता दहाल, नेप्लीज फेसनको अध्यक्ष,साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, लगायतलाई प्रशंशापत्र प्रदान गरिएको नेपाल प्राइड मिडिया प्रालिका अध्यक्ष राजन प्रसाद थपलियाले बताउनु भयो ।

कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व मंत्री माननीय पार्वत गुरुङले दोलखाको विकासको लागि कलाकार, साहित्यकार, पत्रकार, राजनीतिज्ञ र समाजसेवीले खेलेको भूमिकाको सह्राना गर्नुहुदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
रुद्र थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी एवं एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेती, बरिस्ठ पत्रकार गोपाल थपलिया, साहित्यिक पत्रकार संघको अध्यक्ष राधेश्याम लेकाली, नेपाली कांग्रेस दोलखाका पुर्व सभापति रुद्र खडका बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्र दोलखाका सचिव ज्योती श्रेष्ठ, नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष अशोक दहाल, दोलखा तामाकोसी गाँउपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिभिन्न कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । फेसन सो २०८१ समेत रहेको थियो ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *