शैलुङ गाउपालिका वडा नं ८ स्थित एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाकाे व्यवस्थापन हस्तान्तरण कार्यक्रमकाे वागमती प्रदेश सभा सदस्य प्रमुख अतिथि माननीय पशुपति चाैलागाई बाट किविकाे विरूवा राेपेर कार्यक्रम उद्घाटन गर्नु भएकाे थियाे। २०७५ साल चैत २६ गतेका दिन शैलुङ गाउँपालिका कार्यलयमा दर्ता नं ०१/०७५/७६मा दर्ता भई शैलुङ गा पा वडा न ६,७ र ८ लाई कार्यक्षेत्र बनाई कार्य गर्दै अाएकाे छ।
यस संस्थालाई गाउँघर साना किसान कृषि सहकारी संस्था लि मेलुङले प्रबर्द्धक गरि सानाकिसान विकास लघुवित वितिय संस्था लि प्राविधिक सहयाेग गरि अनुसरण गरेकाे ९ महिनामा ७५ वटा समुह ११ वटा अन्तर समुह का जम्मा ६१६ सदस्य मध्ये महिला ४९३ पुरूष १२३ जना सदस्यरहेका छन।
माघ मसान्तसम्म शेयर रकम रू११७५ हजार निक्षेप रकम रू ३९ लाख नाफा रकम रू १४१ हजार गरि रू ६७ लाख बराबरको काराेवार गर्न सफल भएकाे प्रतिवेदन एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्री बद्री कार्कीले प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे अबसरमा वागमती प्रदेश सभा सदस्य माननीय पशुपति चाैलागाई नेपाल कृषि केन्द्रीय संघ तथा साना किसान विकास लघुवित वितिय संस्थ लि का अध्यक्ष खेम बहादुर पाठक लगायत गापा अध्यक्ष भरत प्रसाद दुलाल शैलुङ गा पा वडा नं ८र ५ का वडा अध्यक्षले समेत शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
यसै अबसरमा संस्थालाई सानाकिसान विकास लघुवित वितिय संस्थाबाट परिपक्वताकाे प्रमाणपत्र संस्थाका अध्यक्ष लगायत संचालक समिति,लेखा शुपरिवेक्षण समिति र कर्जा उपसमितका पदाधिकारी लगायतलाई प्रधान गरिएको छ ।
साथै सहकारी संस्थाले रू२० लाख बराबरको कृषि, पशुपालन र लघु कर्जा समेतकाे सहुलियतपूर्ण कर्जा बापतकाे चेक संस्थालाई हस्तान्तरण गरियकाे थियाे । यसै अबसरमा संस्थाले साे कार्य सँगसँगै अाफ्ना सदस्यहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानि गर्ने र उत्पादित बस्तुहरूलाइ बजारिकरण गरी स्वराेजगार श्रजना गर्ने र सदस्यकाे धन सुरक्षाको लागि विमा कार्यक्रम अगाडि बढाउने कुरा एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्री बद्री कार्कीले बताउनुभयो ।
एकिकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाकाे व्यवस्थापन हस्तान्तरण वागमती प्रदेश सभा सदस्य संसद पशुपति चाैलागाईकाे प्रमुख आतिथ्यतासमापन गरीएकाे छ ।