काठमाडौं, एस एस फाउन्डेसन नेपाल द्वारा आयोजित हरितालिका तिज २०८१ को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सनिवार कृस्टल पाटी प्यालेस बिजुलीबजार नयाँबानेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि, रास्टिय प्रजातान्त्र पार्टीका नेता माननीय श्री पशुपतिशमशेर जवराले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्नु भएको थियो ।।
फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका सभापति बरिस्ठ नाट्यकार मदन दास श्रेष्ठले, आपसी सद्भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको च्छोरोल्पा अन्लाईन खबरलाई बताउनुभयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पुर्याउने विश्चास उहाँले व्यक्त गर्नुभयो ।
सोही अवसरमा गायिका रितु कडेल,गायक हरी राउत,गायिका कोपिला तामाङ र रन्जना थपलियाद्वारा, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ संस्कृतिविद कान्त भट्टराई,फाउन्डेसनका संरक्षक बरिस्ठ सामाजसेवी तथा गितकार,शोभित उप्रेती, साहित्यकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्राइड मिडियाका प्रा .लिका अध्यक्ष,राज थपलिया लगायत १ नम्बर क्षत्रका महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।