साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित आज नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले “ललितकला सम्वाद” कार्यक्रमको आयोजना गर्यो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालको सभाकक्षमा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छालीले पानसमा दीप प्रज्वलन गरेर आरम्भ गर्नु भएको थियो ।
सो कार्यक्रमको सभापतित्व नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले गर्नुभएको थियो ।
कार्यक्रममा कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वउपर साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकालीले गर्नु भएको थियो । लेकालीले कलाकार श्रेष्ठको विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा गोपाल चित्रकार, रमेश खनाल, अशेष मल्ल, राजेन्द्र शलभ, सावित्री मल्ल, निरु श्रेष्ठ मंचको अग्र भागमा रहेका थिए भने राउन्ड टेबलमा देशका ख्यातिप्राप्त लेखक र संचार कर्मीहरूको उपस्थिति रहेको थियो ।
जरामा अर्थ खोज्ने कविले सिर्जना गरेको कला कृतिको वृत्तचित्र प्रदर्शन गरिएको थियो । उक्त वृत्त चित्र जीवनाथ धमलाले निर्माण र उद्घोष गरेका थिए । राष्ट्रकवि माधव घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी लगायतको विश्लेषण उक्त वृत्तचित्रमा रहेको थियो ।
स्रष्टा कवि,कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो कला यात्राबारे सभालाई जानकारी गराएका थिए । सभाकक्षको वीचमा श्रेष्ठले तयार गरेको जरा कलाकृति राखेर प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा अशेष मल्ल, सावित्री मल्ल, राजेन्द्र शलभ, जीवनाथ धमला, रमेश खनालले श्रेष्ठसँग भएको भेट र कलाकृतिबारे बोलेका थिए ।
कार्यक्रममा उपस्थित दिलीप श्रेष्ठ, दिव्य गिरीले सोधेका प्रश्नका जवाफ कलाकार श्रेष्ठ र अशेष मल्लले दिएका थिए ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी तामाङले कलाकार श्रेष्ठको कलाकृति बारेको दृष्टिकोण प्रकाश पारेका थिए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले
“पानी रंग, बाँसका जरा कला जस्तै काठका जरा कलालाई पनि कलाको नयाँ विधाको रूपमा छलफल गरी मान्यता दिन सकिने, वरिष्ठ कलाकार श्रेष्ठका कलालाई प्रज्ञा प्रतिष्ठानले अभिलेखिकरण गरिने” बताउनु भएको थियो ।
कार्यक्रममा प्राज्ञ दिनेश महतोले स्वागत मन्तव्य राख्नु भएको थियो । भने उपकुलपति लालकाजी लामाले विशेष मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सदस्य सचिव देवेन्द्र थुम्केली, प्रा. डा. गोविन्दमान सिंह कार्की, किशोर पहाडी, शंकर भारती, श्रीबाबु कार्की, प्रधुम्न जोशी, मुरारी सिग्देल, डा. बुनु दाहाल, सिर्जना शर्मा, पवन आलोक, कृष्ण प्रसाईं, दिलीप श्रेष्ठ, श्रीबाबु कार्की, रुद्र अधिकारी लगायतको उपस्तिथि रहेको थियो ।