Home > मनोरन्जन > राज क्षितिज लिएर आए “लाहुरे” साथमा ज्योती मगर चर्चाको शिखरमा लाउरे गित

राज क्षितिज लिएर आए “लाहुरे” साथमा ज्योती मगर चर्चाको शिखरमा लाउरे गित

काठमाडौं ।
दर्जन फिल्ममा नायकको भूमिका निर्वाह गरेका अभिनेता राज क्षितित गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोक गीतमार्फत उनी गायकको रुपमा देखिएका हुन् ।

विदेशमा रहेको श्रीमान् छोडेर अर्को केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियोले समाज युवापुस्तामाझ छाएको विकृति र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।

उत्तम वाइवा लामाले निर्देशन गरेको भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

कार्यक्रममा गायक नवराज लम्सालले नयाँ पुस्ताको आगमले लोकगीतको श्रीबृद्धिमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए । उनले यो गीत सुरुवात भएको बताउदै आगामी दिन यो भन्दा पनि राम्रा गीत संगीत दिने बाचा गरेका थिए । राज क्षितिज राम्रा गीतकार पनि हुन् ।
गीतमा राजलाई गायिका ज्योति मगरले साथ दिएकी छन् । बिहीबार बागबजारस्थित आयोजित कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ । गायक राजकै शब्द रहेको गीतमा लय नवीन रावलको रहेको छ । अरु लोकदोहोरी गीत भन्दा पृथक अनि चेतनामुलक गीत र फरक कन्सेप्टको भिडियो भएकोले यो गीतलाई दर्शकले निकै मन पराउँनेछन् भन्नेमा विश्वस्त रहेको गायक, नायक तथा गीतकार क्षितिजले बताए ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *