Home > समाचार > लेलेको वनमा युवतीको नग्न अवस्थामा शव भेटियो

लेलेको वनमा युवतीको नग्न अवस्थामा शव भेटियो

४ फागुन, ललितपुर । ललितपुरको लेले सामुदायिक वनमा युवतीको नग्न अवस्थामा शव भेटिएको छ । शवको सनाखत हुन सकेको छैन ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले हुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘मंगलोलियन अनुहारको अन्दाजी २२/२५ वर्षको महिलाको शव छ ।’

अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली पुगेको छ ।

शवमा निलडाम देखिएको प्रहरीको भनाइ छ । यद्यपि, जबरजस्ती करणी वा करणीको प्रयास भएको हुनसक्ने कुनै संकेत भेटिएको छैन ।

शवलाई पाटन अस्पतालमा लगेर पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । प्रहरीले पोस्टमार्टम प्रतिवेदनबाट मृत्युको कारण खुल्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *