Home > कबिता > कविता

कविता

(उफ! तातो छट्पटी)
माथि,
खुट्टा माथि गरि शिर तल फर्काइ झुण्डिएको पङ्खा आफैं गीत गाउँदै नाचिरहेको छ,
तल,
पैतालाहरु धरा छुन मान्दैनन्, यी हस्तहरु ललाटको गन्धयुक्त झरिलाई सुकाउने सुरमा
एक सानो कागजको टुक्रालाई प्याट्प्याटको आवाजमा ताली बजाउदै नाच्न बाध्य बनाइरहेका छन् ।
बिचरा कागजको टुक्रा पनि “यता जाउ भन्छ, उता जाउ भन्छ, कता जाउँ भन्छ” अवस्थामा पुगिसकेको छ ।
पहिले त आँखा मात्रै रुन्थे तर हिजोआज त यो ललाट र ढाड पनि आँसु झार्न थालेका छन्,
ओहो ! हिजो त विद्यालय नलागेर जिन हराम भएको छ भन्ने म हिजोआज होइन यो स्कुल विदा चाहिँ किन हुन्न भन्न्ने स्थितिमा पुगेकी छु ।
हिजो शिक्षकले पढाउदा शिक्षकको चम्किलो अनुहारमा हेर्ने यी आँखा आज दिउसै रात देख्न थालेका छन्,
शिक्षकका हरेक शब्दमा ध्यान दिने मस्तक निद्राको छुटकारामा ध्यान दिन थालेको छ ।
दिउँसतिर पढु भन्छु चुहिएका पसिनाले किताब भिज्ने डर,
होइन अब राति पढ्छु भन्छु उज्यालोलाई अध्याँरोले जितिदिन्छ ।
पढ्न लेख्न नपाए पनि समाचार सुन्छु भन्छु “तापक्रमको मात्रा बढ्दो भएका कारण चार जनाको मृत्युु” भन्ने समाचार सुनी आफ्नै स्वास रोकिएला भन्ने डर ।
फ्रीजको पानी पिउन जान्छु वत्ती नै छैन, फिल्टरको पानी खान जाउकी भन्छु ह्या मनतातो पानी नि के पिउनु भनी तिर्खै शीत सुत्न खोज्छु ओछ्यान तातिएर आगो झै पोल्छ,
अब त अति भो एकछिन बाथरुम गएर नुहाएर आउँछु भनी पानी जाँच्न जाँदा त पानी उमालेर चिया बनाउन राखीए जस्तो महसुस हुन्छ ।
अनि त्यही कागजको टुक्रा नचाउदै, बेलाबेला पसिना पुछ्दै, उठ्दै बस्दै गर्दैछु ।

लाग्छ यो गर्मीले गर्मी कै कारण नगरेको गृहकार्यको सजाय दिदै छ । उठबसको सजाय।

तारा भट्टराई 
स्थायी ठेगान:- छेडागाड न.पा.३ चुवा जाजरकोट
अध्ययनरत:- श्री अमरज्योती नमुना मावी वीरेन्द्रनगर न.पा.१२ नेवारे, सुर्खेत
कक्षा :-१०
२०८१/०३/०३ राति ११:२५
स्थान:- वीरेन्द्रनगर -११ सुर्खेत
(उफरमाउलो गर्मी)

सभार – लालखबर

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:

Leave a Reply

Your email address will not be published. Required fields are marked *