काठमाडौं – चर्चित गायक नारायण थापाले मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । नारायण थापाकोे स्वर, संगीत, बिबि थापाको शब्द रहेको गीतको भिडियोमा लोक मिश्र, अनुज शर्मा, सुष्मिता अधिकारीको जीवन्त अभिनय रहेको छ । प्रेम लामाको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सुवाष प्रधानको निर्देशन रहेको छ ।