काठमाडौं – थुप्रै गीतहरुको सिर्जना गरेका प्रकाश पुरी राम्रो गीतकार एबम् संगीतकारका रुपमा चिनिन्छन । उनिले दुई दर्जन जती गीतहरुमा आँफैले स्वर दिएको छन् । प्रकाशले पछिल्लो समय ‘दोलालघाटको पुल तरेर’ गीतमा समेत स्वर दिएका छन् । हालैमात्र सार्वजनिक गरिएको उक्त गीतमा सावित्री केसीले प्रकाशलाई स्वरमा साथ दिएकी छन् ।
रामकुमार नेपालीको संगीत संयोजन तथा देव पुरीको शब्द रचना रहेको उक्त गीतको म्यूजिक भिडियोमा बिद्या कार्की र राजन पुरीको अभिनय देख्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेका म्यूजिक भिडियो निर्देशक निरेन श्रेष्ठको निर्देशन रहेको भिडियोलाई मरुभुमि नारायणको छायांकन, अमृत चापागाईंले सम्पादन गरेका छन् । भिडियो शुभ साईत म्युजिकको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।