Home > कला र साहित्य > म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा निर्देशक बबिता श्रेष्ठ निर्वाचित

म्युजिक भिडियो निर्देशक समाजको अध्यक्षमा निर्देशक बबिता श्रेष्ठ निर्वाचित

काठमाण्डौ – म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियोकी निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति गत शनिबार निर्विरोध चयन भएको छ ।

म्युजिक भिडियो निर्देशक समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु चयन भईन ।

चलचित्र निर्देशक ऋषी लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र कानुन व्यबसायी ताराकुमार श्रेष्ठको कमिटिले गराएको निर्वाचनमा प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षतमा अञ्जन पुडासैनी चयन भएका छन् । १५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित सदस्यहरुमा सबै निर्विरोध चयन भएका हुन् । नयाँ कार्यसमितिको सदस्यहरुमा क्रमशः जयदत्त भट्ट, खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी र संगीत सागर बुर्जा रहेका छन् ।

म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा संस्था तीन वर्ष अघि गठन भएको थियो । समाजको तेश्रो साधारण सभाको उद्घाटन शनिबार बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरेका हुन् । समारोहमा बरिष्ट म्युजिक भिडियो निर्देशक रोशन प्रताप राणालाई समाजका तर्फबाट सम्मानित समेत गरिउको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्तिष्ठानका उपकुलपति शम्भु राई कार्यक्रमका प्रमुख अतिथि थिए । उपकुलपति राईले संगीतको लागि म्युजिक भिडियो अपरीहार्य भएको बताउँदै म्युजिक भिडियो निर्देशकसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने पनि जनाए ।

शनिबार दिउँसो बिगठन गरिएको अघिल्लो कार्यसमितिका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, महासचिब सुव्रत आचार्य, सहसचिब समन अधिकारी, कार्यसमिति सदस्य गम्भिर बिष्टलगायतले समाजमा आफुहरु रहँदाको कार्य अनुभव सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *