Home > समाचार > हाम्रो सुनौलो संसारको आफ्नै भवन निर्माण सिलान्यास कार्यक्रम सम्पन्न

हाम्रो सुनौलो संसारको आफ्नै भवन निर्माण सिलान्यास कार्यक्रम सम्पन्न

मङ्सिर १०,बुधबार। हाम्रो सुनौलो संसार बाल आश्रमले आफ्नै भवन सिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। आज एक कार्यक्रमको बीच कागेश्वारी मनोहरा नगरपालिका -१ गागलफेदीमा निर्माण गर्न लागेको भवन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि लिलानाथ श्रेष्ठबाट सिल्यान्यास गरेका हुन् । हाम्रो सुनौलो संसार बिगत लामो समय देखि अभिभाबक बिहिन बालबालिकाको क्षेत्रमा योगदान गर्दै आएको संस्था हो। सबैको सहयोगमा संस्थाले आफ्नै भवन निर्माण गर्न लागेको हो।

कार्यक्रममा बिबिध विधाका बिभीन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सभापतित्व ग्रहण हाम्रो सुनौलो संसारकि अध्यक्ष मेनुका कोइरालाले गरेकी थिइन भने प्रमुख अतिथिमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि लिलानाथ श्रेष्ठ थिए। कार्यक्रम मा अतिथिमा -कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, गोकर्णेश्वर नगरपालिकाकि उपमेयर शान्ति नेपाल ,हाम्रो सुनौलो संसारका प्रमुख सरंक्षक राजु सुनुवार ,कागेस्वारी मनोहरा नगरपालिका -१ का वडा अध्यक्ष मुकुन्द गजुरेल ,धार्मिक तथा अध्यात्मिक सदभावना दुत कि एम्बेसडर रेखा अर्याल , हार्मो सुनौलो संसारका प्रमुख सल्लाहकार दिपक रिसाल ,समुन्नत महिला मंच कि अध्यक्ष सोमा खत्री , हाम्रो सुनौलो संसारकि उपाध्यक्ष लक्ष्मी बस्नेत,च्छोरोल्पा टिभीका प्रबन्ध निर्देशक जानकी बज्राचार्य लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बिशिस्ट व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो समेत मन्त्रि लिलानाथ श्रेष्ठ द्वारा प्रदान गरिएको थियो।

कार्यक्रममा मन्तव्यका क्रममा मन्त्रि श्रेष्ठले आफुले मन्त्रि पद भर्खरै सम्हालेको र यस्ता बालबालिकाको क्षेत्रमा सहयोग गर्ने संस्थाहरुलाई सहयोग गर्दै जाने बताएका थिए। त्यस्तै मन्त्रि श्रेष्ठले आफुले सिल्यान्यास गरेको भवनमा आफुले सकेको सहयोग गर्ने र संस्थाको प्रगतिको समेत शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै हार्मो सुनौलो संसारकी अध्यक्ष एवं कार्यक्रमको सभापति मेनुका कोइरालाले अहिले सबैबाट साथ् सहयोग मिलेको र सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि साथ् र सहयोगको अपेक्षा राखेको र आफु सामाजिक काममा निरन्तर लाग्ने बताउदै कार्यक्रममा उपस्थीत् सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *