Home > देश प्रेमी > सम्पदा संरक्षणको महाअभियानमा : राजिब श्रेष्ठ

सम्पदा संरक्षणको महाअभियानमा : राजिब श्रेष्ठ

रमिला योन्जन
सामाजिक रुपान्तरणको पहिलो आधार नयाँ पुस्ता नयाँ सोच नयाँ जोसका युवा शक्ती आजको आवश्यकता बास्तबमा युवाहरु एक जुट भएपछि जस्तोसुकै कठिन भन्दा कठिन कार्य पनि सफल हुन्छ ।

एकले थुकि सुकि सयौले थुके नदी भन्ने भनाईलाई पुष्ठी गर्दै काठमाडौंको सधै र यत्रतत्र अब्यबिस्थीत भिडभाड रहने असन बजारलाई केहि समय बाट युवाहरुले ब्याबस्थीत बनाउन काठमान्डौको शान तथा गौरबको प्रतिकको रुपमा रहेको असन बजारलाई सुन्दररुपमा परिवर्तन गर्दै आएको छ ।

अभियानको रुपमा संचालन भएको सो कार्यले व्यवस्थित शहरको परिकल्पना राजिब जस्ता युवाहरुको जमातले सधैंजस्तो भीडभाड हुन आपतकालिन अबस्थामा एम्बुलेन्स लान समेत असहज हुने असन क्षेत्र केहि समय देखि सुरम्य अनि सफा बन्दैगएको छ । फुटपाथ पसलको कारण अति अव्यवस्थित र भीडभाडमय हुने गरेको जमल, असन देखिको इन्द्रचोक, मरुहिटी क्षेत्रको भित्री बस्ती युवाहरुकै लगनशिलताको कारणले केहि हद सम्म सफा बनेको छ ।

जागरुक युवा समाजका जोशिला युवाहरुले फुटपाथ पसल हटाउ तथा व्यवस्थित गर्ने अभियान संचालन गरेपछि असन–इन्द्रचोक क्षेत्रको सुन्दरतामा बृद्धि हुन थालेको हो । यस अभियानमा जागरुक युवा समाजका हरेक सदस्यले दिन‌ रात नभनि लागि परेको समाजका सदस्य हरुलाई आजको दिनमा धम्कि डर त्रास दिन थालेको समाजका सचिब राजिबज्युले जानकारी दिनु पर्यो।

असनको शहरी सुन्दरतालाई व्यापारिकरणले तहस–नहस बनाउन लागेको अवस्थामा आफूहरुले कम्मर कसेर फुटपाथ पसल हटाऊ अभियान सन्चालन गर्दै आएको ब्यावस्थीत बनाउन केहि हद सम्म सफल भएको जागरुक युवा समाजका सचिव राजीव श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठ असन-कुसुमवियालाक्षी-झ्वाबहाल–ढोकावहाल,जनबहालकै जोशिला अनि जाँगरिला युवा हुन । जसको आँखा समाजिक रुपान्तरण गर्ने ठूलो सपना छ । मनमा सफल हुन्छु भन्ने उति नै ठुलो आँट र जोश छ ।यस कारण क्षेष्ठ सामाजिक सेवात्मक कार्यमा कार्यलय समय अगाडि र पछाडि कम्मर कसेर लाग्दैआउनुभएको छ र विदाको दिनमा त पूरै समय सामाजिक सेवामा तल्लिन बन्दैआउनु भएको श्रेष्ठ भन्नु हुन्छ असन शहरको बेथितिलाई सही वनाउने क्रममा आफूहरुले अनेक समस्या झेल्नुपरेता पनि कम्मर कसेर निर्भिक रुपमा लाग्दा सफल हुन्छ भन्ने प्रमाण आफूहरुले दिइसकेका छौ । जागरुक युवा समाज बाध्यताले स्वतःस्फूर्त रुपमा स्थापना भएको एउटा सामाजिक संस्था हो ।

जागरुक युवा समाजका अध्यक्ष तथा फुटपाथ पसल व्यवस्थापन महाअभियानका संयोजक चन्द्रकुमार महर्जन लगायत भोकालाई खाना खुवाउने अभियानका मिलन कुमार बोगटी, बब्लु गुप्ता, निरु सेष्ठ,निरज बाडें लगायतसंग मिलेर काम गरिरहेका छन्। सम्पदा संरक्षण महाअभियानका जुझारु युवाहरुको ठूलै समुह रहेको छ यस मध्ये राजीव श्रेष्ठ सम्पदा संरक्षणको महाअभियानको सदस्य समेत हुन । संयोजक यादवलाल कायस्थको अगुवाईमा हिटी, फल्चा उत्खनन तथा संरक्षणमा राजीव श्रेष्ठ तल्लिन बनेर लागिपर्नु भएको छ । एयरपोर्ट भित्र हिटि,फल्चालाई उत्खनन् र त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायहरुमा पहल भइरहेको पनि राजिबले जानकारी दिनुभयो।

राजीव श्रेष्ठ रक्तदान कार्यक्रम तथा स्वास्थ्य क्षेत्र र कोरोना कहरमा सामाजिक सहयोग वितरण कार्यमा निरन्तरता दिने महाअभियानमा होम्मिएका छन्।ब्लड डोनर्स एसोसिएसन नेपालमा पनि आबद्ध राजिब “रक्तदान जीवनदान तथा महादान” जस्तो मूलनारा सहित प्रत्येक शनिवार टोल टोलमा रक्तदान कार्यक्रम संचालन गर्ने कार्यमा अगुवाइ गदैआएका छन्। लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका मार्केटिङ तथा कम्युनिकेशन चिअरपर्सन समेत रहेका राजीव श्रेष्ठले यसमार्फत विभिन्न स्वास्थ्य तथा जनचेतनामूलक सचेतना कार्यक्रम गर्न र गराउन सफल बनेका छन्।

युवाहरुको मानसिकतामा राजनीति भन्ने फोहरी खेल हो भन्ने कुरा भैरहेको वर्तमान अवस्थामा उनीहरुलाई सही सामाजिक कार्यले देशलाई परिवर्तन गर्न र गराउन सकिन्छ, भन्ने अवधारणाको विकास गराउन युवाहरु नै लाग्नुपर्ने श्रेष्ठको दाबि छ । राजनीतिप्रतिको वितृष्णा तथा देशमा रोजगारीको अवसर नहुंदा विदेशमा रोजगारीको नाममा तथा पढाईको नाममा विदेशिने युवाहरुको जमात बर्षेनी लाखौ लाखको संख्या रहेको छ । उनीहरुलाई रोकेर रोजगारीको अवसर दिन सकेमा विदेशिने लाखौ युवाहरुले विदेशमा दुःख नपाउने जागरुक युवा समाजका सचिब श्रेष्ठको धारणा रहेको छ ।

श्रेष्ठ थप्नुहुन्छ, आफूजस्तै दक्ष युवा जनशक्तिलाई नेपालमा नै रोजगारीको सुवर्ण अवसर दिन र दिलाउन नेपाली राजनीतिका हस्तीहरुलाई ध्यानाकर्षण गराउने कार्यमा पनि आफूहरु अहोरात्र खटिरहेको छौ ।
नेपाली राजनीतिमा युवाहरुको विकर्षणलाई आकर्षणको माध्यम वनाएर नेपाली राजनीतिलाई स्वच्छ र उर्वर अनि उन्नत वनाउने कार्यमा पनि आफूहरुको ठूलै भिजन र मिसन रहेको पनि सचिब श्रेष्ठले बताउनु भयो ।

शहरी क्षेत्रमा फोहर पनि प्रमुख समस्या भएको कारण काठमाडौंका मुख्य क्षेत्रहरुमा फोहर व्यवस्थापनका लागि फोहरलाई मोहर वनाउने अभियानमा पनि संलग्न रहदैआएका सचिब श्रेष्ठ मठ–मन्दिर, पाटी पौवा, हिटी सम्पदाहरुको सरसफाइ तथा संरक्षणमा पनि त्यतिकै क्रियाशील हुनुहुन्छ ।

कला–संस्कृति, परम्परा, रीतिरिवाज, भाषागत लिपीलाई जगेर्ना गर्ने अभियानमा समेत क्रियाशील श्रेष्ठ पेशाले बैंकर हुन मेघा बैंकवाट बैकिङ करियर शुरु गरेर सेन्चुरी कमर्शियल बैंक हुंदै हाल सिटिजन्स बैंकमा क्रेडिट रिकभरी अफिसरका रुपमा कार्यरत छन्।
श्रेष्ठ सितेरियो कराँते डोजो जस्तो खेलको राम्रो खेलाडी पनि हुन । काठमाडौं महानगरपालिका वडा नंबर २५ का सितेरियो कराँते डोजो २५ वडा कमिटी का सचिव समेत रहेका श्रेष्ठ विभिन्न खेलमा पनि उत्तिकै रुचि राख्ने गनुहुन्छ ।

का.म.पा. मेयर कप फुटसल प्रतियोगिता २०७४ र २०७५ का प्रतियोगिता आयोजक कमिटीका सदस्य समेत रहनु भएको थियो भने फुटसल का.म.पा.२५ का टिम म्यानेजर पनि हुनु हुन्थ्यो।साइकल यात्रा उनको अर्को रुचिकसाइकल यात्रा उनको अर्को रुचिको विषय हो। उनले साइकल यात्री साइक्लिस्ट वनेर काठमाडौंवाट जनकपुरसम्म २ सय ५० किलोमिटरको यात्रा पार गरिसकेका छन्।

काठमाडौं मिनी मार्ट बोडे भक्तपुरका म्यानेजिङ डाइरेक्टर समेत रहेका श्रेष्ठ धनोद्य बहुउदेश्यीय सहकारी संस्थाका कोषाध्यक्ष पनि हुन।
युवाहरुलाई आँट, साहस र धैर्य दिन सकेमा देश विकासमा हरेक कोणवाट योगदान दिने श्रेष्ठको दाबि छ ।
त्यसकारण युवाहरुलाई हतोत्साहन होइन, प्रोत्साहन गर्न आवश्यकता रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *