Home > समाचार > मकवानपुर प्रहरीले गर्यो ८० किलो गाँजा बरामद

मकवानपुर प्रहरीले गर्यो ८० किलो गाँजा बरामद

कत्तिक २७। बिहीबार मकवानपुर प्रहरीले ८० किलो गाँजा बरामद गरेको छ। हेटौंडा उपमहानगर -१० भुटनदेवीबाट बा ६ च १४७६ नम्बरको कारबाट गाँजा बरामद भएको हो।प्रहरी देखेपछि कार तीव्र गतिमा हाँकिएको थियो। पछि बाटोमा पार्किङ गरि राखेको उक्त कारबाट प्रहरीले ८० किलो गाँजा बरामद गरेको हो।कारमा सवार भने भेटिएनन।

प्रहरीले स्थानीय र जनप्रतिनिधिको रोहवरमा कारको लक खोलेर हेर्दा गाँजा फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।यस सम्बन्धी थप अनुसन्धान भइरहेको र कारमा सवार व्यक्तिको खोजि भइरहेको प्रहरीले जनाएको छ

source-setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *