Home > समाचार > ‘ब्याक अफ चाइना’ भन्दै चिनियाँ दुतावास अगाडी प्रदर्शन

‘ब्याक अफ चाइना’ भन्दै चिनियाँ दुतावास अगाडी प्रदर्शन

'ब्याक अफ चाइना' भन्दै चिनियाँ दुतावास अगाडी प्रदर्शन

हुम्लामा चिनले सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारमा रहेको चिनियाँ दूतावास अगाडि युवाहरु द्दारा प्रदर्शन भएको छ ।प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने जस्ता माग गर्दै प्रदर्शन गरेका छन् ।

युवाहरुले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको । हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् तर चिनियाँ सेनाले भने सो भवन निर्माण भएको भूमि चीनकै भएको बताउदै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *