Home > मनोरन्जन > बलिवुड अभिनेता सनी देओललाई कोरोना

बलिवुड अभिनेता सनी देओललाई कोरोना

काठमाडौं, १७ मंसिर : बलिवुड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । सनी देओलले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएका छन् । देओलले आफ्नो स्वास्थ्य ठिक रहेको जानकारी दिदै पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन् ।

सनी देओल करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो (हात) काधको सर्जरी गरेर फेरी मनाली फर्किएका थिए | हातको शल्यक्रियापछि उनी कुल्लीस्थित फ्राम हाउसमा आराम गर्न गएका थिए । मुम्बई फर्किनुअघि पीसीआर परीक्षण गराउँदा अभिनेता देओलमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सांसद समेत रहेका देओल कोरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त समेत रहेका थिए । उनी पंजावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *