Home > कला र साहित्य > पत्रकार गोविन्दप्रसाद दुलालकाे सातै कृति “गोपालप्रसाद रिमाल´´सार्वजनिक

पत्रकार गोविन्दप्रसाद दुलालकाे सातै कृति “गोपालप्रसाद रिमाल´´सार्वजनिक

काठमाडौ २५ चैत्र / कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनी लाई आधार बनाएर लेखक तथा पत्रकार गोविन्दप्रसाद दुलालले तयार गर्नुभएको पुस्तक “गोपालप्रसाद रिमाल ´´ रिमाल आज एक समारोहकाबीच माननीय उप-प्रधानमन्त्री श्री ईश्वर पोखरेल द्वारा २४ गते लोकार्पण भएको छ । रिमालका कविताका हरफ अरु : रातो र चन्द्र–सूर्य जङ्गी निसान हाम्रो ।

जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।। एक जुगमा एक दिन एकचोटि आउँछ । उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ ।। आमा, त्यो आउँछ र ? ‘हो, बा, त्यो आउँछ । यहाँ बुद्ध जन्माउनु पर्छ । यहाँ लेनिन जन्माउनु पर्छ । मैले त क्रान्तिलाई सलामी दिइसके! क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ !! जस्ता कबिता बाचन बाट कार्यक्रम सुरु भएको थियाे ।

समारोहमा बोल्दै माननीय उप-प्रधानमन्त्री ईश्वर पोखरेलले भन्नुभयो “अामाकाे सपना´´ र “मसान´´ जस्ता कृतिका लेखक रिमालकाे ब्यतित्व र कृतित्वकाे व्याख्या गरि पुस्तक तयार गर्नु सजिलाे थियन तर तर लेखक गोविन्द दुलालको मेहनत वरिष्ठ पत्रकार टंक पन्त को कुसल सम्पादन ले पुस्तक राम्रो बनेकोमा मलाई खुसी लागेकाे छ ।

रिमाल सबै साहित्यिक व्यक्तिका ढुकढुकी पनि हुन् । रिमाल कवि हुन् तर राजनीतिक पार्टी खोलेर नेताको अवतारमा पनि देखिए । राणाकालीन समयमा युवा भेला पारेर राजधानीमा जागरण–गीत गाउदँै हिड“े । क्रान्तिकारी भजनमण्डलीको संयोजन गरेर धार्मिक माध्यमहरुलाई समाजका निम्ति उपयोग गरे । रिमालले नै जनसमक्ष भाषण गर्दा पहिलोपटक ‘जय नेपाल’ भनी अभिवादन गरेका हुन्। साथै ‘इन्क्लाब जिन्दावाद, प्रजातन्त्र जिन्दावाद !’ नाराको पहिलो प्रयोग उनैबाट भएको हो ।

अमिन लप्टनको जागिर छोडे । क्रान्तिलाई टेवा पुग्ने कविता–लेखहरु लेखे । जेल गए । अनशन बसे । नजरबन्दमा परे । देशभक्त भए । स्वप्नदष््रटा भए । कवि, नाटककार र क्रान्तिकारी भए । पज्रातन्त्र स्थापनापछि पनि जनताका सपना पूरा नहुने देखेपछि विक्षिप्त भएर उपचारका लागि राँचीको पाहुनासमेत बने । तर, जिन्दगीभर आफ्नो राष्ट्रको नक्सा छातीमा बोकेर हिँडे । अवचेतन अवस्थामा राष्ट्रको निलो आकाश हेर्दै ‘मेरो नेपाल, मेरो नेपाल’ भनी रोए । यस्ता व्यक्तित्वको गहकिलो पुस्तक प्रकाशन हुन जरूरी थियो ।

सरकारले कवि तथा नाटककार गाेपाल प्रसाद रिलालकाे नाममा २अाेटा पुरस्कार स्थापना गरेर राज्य ले कसैले नभनेपनि राम्रो कामकाे मुल्यांकन गर्छभन्ने कुरा प्रमाणित गरेकाे छ । ´´ पुस्तक प्रकाशक संस्था घाेष्ट रनईटिङ नेलालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सोही समारोहमा जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवार द्वारा गोपालप्रसाद रिमाल की श्रीमती हरिदेवी रिमाल लाई प्रमुख अतिथि माननीय उपप्रधानमन्त्रीले सम्मान गर्नुभएको थियो ।

पुस्तकमा समीक्षा गर्दै कवि तथा समालोचक डाक्टर रामप्रसाद ज्ञवालीले यो पुस्तक ः ऐतिहासिक भएको र यो पुस्तकका अनुसूचीमा समेटिएका आमाको सपना कविता संग्रह र मसान नाटकले गर्दापनि यो पुस्तक विद्यालय तथा विश्वविद्यालय हरुका लागि सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *