Home > राजनिती > नेकपाको सचिवालय बैठक भोलि मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुने

नेकपाको सचिवालय बैठक भोलि मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुने

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ ।

अध्यक्ष प्रचण्ड अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ ।आइतबार स्थगित भएको सचिवालय बैठक भोलि दिउँसो ४ बजे बोलाइएको हो ।पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

सोमबारको बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *