Home > मुख्य समाचार > चिकित्सकद्वारा सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ अस्पतालद्वारा चिकित्सक निलम्बन

चिकित्सकद्वारा सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ अस्पतालद्वारा चिकित्सक निलम्बन

मनोज जंग कार्की

चैत १४ काठमाडौंएक- महिलामाथि एक चिकित्सकले आपत्तिजनक व्यवहार गरेको भन्दै अनुसन्धानका लागि चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजविराजस्थित छिन्नमस्ता अस्पतालका चिकित्सक डा. राजन जयसवालले भान्जीको उपचारका लागि आएकी ती महिलामाथी आपत्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ ।

घटनाका कारण शुक्रबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो । तनाव बढ्दै जाँदा आरोपित चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । पीडित पक्षको उजुरीको आधारमा सो अस्पतालका बाल रोग विशेषज्ञ डा. जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको उनले बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका निवासी ३२ बर्षीया पीडित महिलाले सोही अस्पतालमा दुई दिन अघि जन्मिएकी भान्जीलाई चेकजाचको क्रममा बन्द कोठाभित्र डा. जयसवालले आफूमाथी यौनदुव्र्यहार गरेको आरोप लगाएकी छिन् । पतिलाई पूर्जा लेख्दै औषधी लिन बाहिर पठाएर जाँच्ने कोठामा आफ्नो भित्रि बस्त्र खोल्न लगाएर यौन दुव्र्यबहार गरेको पीडित महिलाले बताइन् । उक्त कार्यको प्रतिवाद गर्दै हल्ला गरेपछि जम्मा भएको भीडले चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पीडित महिलाका पतिले बताएका छन् ।

यसैबीच बिरामीको कुरुवालाई अभद्र व्यबहार गरेको गुनासो आएपछि शुक्रबारै अस्पताल व्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती मार्फत् चिकित्सक जयसवाललाई निलम्बन गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *