Home > विश्व > खुसीको खबर अब युएइ सरकारको यस्तो नीति

खुसीको खबर अब युएइ सरकारको यस्तो नीति

युएइ सरकारले नेपालीहरुको लागि एउटा राम्रो  नीति ल्याएको छ।लामो समयसम्म युएइमा बस्दै आएका नेपालीहरुलाई वा विभिन्न  देशका व्यक्तिहरुलाई यो एउटा खुसि को खबर बनेको छ ।यो नीति अक्टोबर २१ देखि युएइ सरकारले लागु गरेको हो ।

धेरै नेपालीहरु भ्रमण भिसामा युएई पुगेपछि आफै काम खोजेर भिसा थप गरी बस्ने गरेका छन्। त्यसैले पनि नयाँ नीतिले यस्ता नेपालीहरूलाई केही सहज बनाउनेछ ।

पहिलेको नितिमा तीन महिने वा एक महिनाको पर्यटक भिसामा गएका पर्यटकहरूले भिसा अवधि सकिनासाथ दुबही बस्न पाउने थिएन।तर अब भने त्यस्तो नियम रहेको छैन युएई नछोडिकन नै एक पटकमा ३० दिनको दरले दुई पटकसम्म भिसा थप्न सकिनेछ तर यसका लागि भने प्रत्येक पटक भिसा थप्दा ६०० दिराम पैसा तिर्नुपर्ने हुन्छ।विधवा भएका र डिभोर्स भएका महिलाहरू जो युएई आएका छन् उनीहरुको लागि युएई सरकारले एक वर्षको आवासीय भिसा थप्न मिल्ने सुविधा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *