Home > समाचार > ६ बर्षिया बालिका हत्या प्रकरण:प्रदर्शनका क्रममा प्रहरीको गोलि लागि घाइते भएका एकको मृत्यु

६ बर्षिया बालिका हत्या प्रकरण:प्रदर्शनका क्रममा प्रहरीको गोलि लागि घाइते भएका एकको मृत्यु

मङ्सिर १०,बुधबार/ महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका- १४ मा ६ वर्षीया बालिकाको गुलाबसाह खातुनको हत्या भएपछि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लाग्दा घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो ।उपचारका लागि काठमाडौँ ल्याइएको न्यौपानेको ग्राण्डी अस्पतालमा मंगलबार राति मृत्यु भएको हो महोत्तरीका प्रमुख जिल्ला अधिकारी ले जानकारी दिएका छन्।
केहीबेर प्रहरी र प्रदर्शनकारीबिच ढुंगामुढा भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाएदा न्यौपानेलाई गोलि लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *