खेलकुद
[mashshare]
१३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह

१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन समारोह सुरु भएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नु भएको छ । साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए ।