हामी किन
एक्काइसौं शताब्दीमा प्रविधिले हरेक क्षेत्रलाई प्रभावित गरेको छ, अक्सर निर्णायकरूपमा। तर, प्रविधिले मानव चिन्तन र संवेदनालाई विस्थापित गर्न सक्दैन। प्रविधिको सृष्टिका रूपमा जन्मिएको रोबोट समाज र राष्ट्रको नियन्त्रक र सञ्चालक बन्न सक्दैन। तर, विवेकशील, दूरदर्शी र संवेदनशील हातमार्फत प्रविधिले विश्वको कायापलट गर्ने क्षमता राख्दछ।
अक्सर युवापुस्ताले ठूलो संख्यामा सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको माध्यम बनाएका छन्, आजको युगमा। त्यस अर्थमा हरेक सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पत्रकारिताका अभ्यासकर्ता हुन्। हामी त्यो विशाल तर असंगठित जनसंख्यासँग पनि सहकार्य गर्न चाहन्छौं। उहाँहरूको सहभागिता, स्वस्थ आलोचना र रचनात्मक सुझावले हामीलाई झन् राम्रो बन्न प्रेरित गर्नेछ।
गौरीशंकर च्छोरोल्पा मिडिया प्रा. लि द्वार संनचालन यस च्छोरोलोल्पा अन्लाईन खबर र च्छोरोल्पा टि भि प्रमुखको नाताले त्यसका जिम्मेवारीप्रति हाम्रो परिवार सदैव सचेत र समर्पित रहनेछ। पत्रकारिताको सम्मानजनक अस्तित्वले पत्रकारलाई बढी सम्मानित बनाउँछ र सम्मानित पत्रकारले राष्ट्रिय जीवनका विविध पक्षलाई थप जवाफदेही बनाउन सक्छ। त्यस अर्थमा हामी नेपाली नागरिक र वृहत राष्ट्रिय हितका प्रबल पक्षधर रहनेछौं।
हाम्रो अस्तित्व र प्रभावकारिता हाम्रा समस्त पाठक, श्रोता र दर्शकहरूको सहयोग, सुझाव र अनुमोदनबाट मात्र स्थापित हुन सक्छ। त्यसैले यो संस्थालाई आवश्यक सामग्री, सुझाव र सूचना प्रदान गरेर अनि आलोचनामार्फत सहयोग पुर्याउन हामी अनुरोध गर्दछौं,सबैसँग।
हाम्रो उपस्थिति स्थापित गर्ने पहिलो जिम्मेवारी हाम्रो हो। जिम्मेवारी निर्वाहको त्यो क्रममा सबैको अविच्छिन्न सहयोगले हामीलाई हाम्रो कर्तव्यमा जुट्न सहयोग पुर्याउनेछ।
आम देशको हरेक परिवर्तन र महत्वपूर्ण राजनीतिक घटनाक्रमकै बीचमा हामी पर्याप्त तयारीबिनै तपाईंहरूमाझ आएका छौँ, व्यवसायिक दायित्वबाट प्रेरित भएर। कमजोरी र अपर्याप्तताका लागि पूर्ण जिम्मेवारी हाम्रो हुनेछ र त्यसलाई सत्प्रयासका रूपमा बुझिदिनुहुन हामी सबैसँग आग्रह गर्दछौँ।
धन्यवाद! डा,विवेक पान्डे जनकी बज्राचार्य