
काठमाण्डौ – हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला पुरस्कार र परिवर्तन सम्मान एक साथ प्रदान गरिएको थियो । नेपाली चलचित्रको क्षेत्रमा योगदान पु¥याएका एवं साधनारत स्रष्टाहरुलाई सम्मान गर्दै प्रोत्साहित गर्नका निमित्त समाजसेवी स्व। विजया राणा, (तारा रानी)ले रु। ३ लाखको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार नै हरितारा चलचित्र पुरस्कार हो ।
अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट प्रदान गरिने यो पुरस्कार बर्षेनी चलचित्र क्षेत्रका २ श्रष्टाहरुलाई प्रदान गरिने गरिन्छ । संरक्षक श्री मनोज सम्सेर जबराबाट २०६७ सालमा रु। ३,००,०००।– थप गरि हाल ६ लाखको अक्षयकोषबाट आउने व्याजबाट पुरस्कार अर्पण गरिँदै आएको छ ।
२०५२ सालमा निजी क्षेत्रबाट चलचित्र सम्बन्धी पहिलो पुरस्कारको रुपमा स्थापित हरितारा चलचित्र पुरस्कार जनहि रु। २५,०००।– (अक्षरुपि रु पच्चिस हजार) नगद थैली तथा लिखतपत्र सहित अर्पण गरिँदै आएको छ । स्थापनाकालदेखि नै संरक्षक रहनु भएकी समाजसेवी श्रीमती विजया राणा, ९तारा नानी०को २०५७ सालमा निधन भए पश्चात उहाँकै सुपुत्र मनोज सम्सेर जबरा हरितारा चलचित्र पुरस्कार गुठीको संरक्षक एवं अध्यक्ष रहनु भएको छ ।

यसको सदस्य सचिव परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौला रहनु भएको छ ।गत वर्ष विविध कारणले गर्न नसकेको सम्मान पनि एक् साथ प्रदान गरिएको छ । वि सं २०७६ का लागि ४ दश भन्दा बढी समय नेपाली चलचित्र क्षेत्रको उत्थान गर्नुभएको कृष्ण मल्ल र नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पु¥याउन योगदान गर्नुभएको मदनदास श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कार रकम जनही २५ हजार नगदका साथै सम्मान पत्ररहेको थियो । २०७७ को हरितार चलचित्र पुरस्कार सहदेव ढुङ्गानालाई प्रदान गरियो ।२०७७ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई पुरस्कार रकम दश हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै चलचित्र निर्देशक माधव राज खरेललाई परिवर्तन सम्मान प्रदान गरिएको छ । विगत लामो समय देखी परिवर्तन नेपाल संग आवद्धरही नेपाली चलचित्र क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दे उक्त सम्मान प्रदान गरिएको परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले बताए । साथमा निर्देशक तथा कलाकार विश्वदिप घिमिरे र नेपाल पत्रकारमहासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त परिवर्तन सम्मानबाट सम्मानित भएका छन् ।