मुख्य समाचारराजनितीसमाचार

नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुणदल कार्यकर्ताको हत्या

नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुणदल कार्यकर्ताको हत्या

[mashshare]

मनोज जग कार्की

२०७७ माघ १४ बुधबार

काठमाडौं / बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि अमृत सिंहको हत्या गरेका छन्। छबिसपाथिभरा गाउँपालिका वडा ३ का सिंहको खुँडा प्रहार गरि हत्या गरिएको हो । नेकपा कार्यकर्ताले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा ३ का निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनु भएको छ।

गाउँपालिका ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो । मंगलवार साँझ स्थानिय बजारको बीच सडकमै सिंहमाथि खुँडा प्रहार गरि हत्या गरिएको छ ।खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायतलाइ प्रहरीले पक्राउ गरेको छ।
प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले अन्लाइन खबरलाई जनाएको छ।

बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा नेपाली कांग्रेस निकट प्यानलले जितेपछि रुष्ट रहेका केहि आपराधिक प्रवृतीका व्यक्तिहरुले नेपाल तरुण दलको छबिस पाथिभरा गाउँपालिका सदस्य सिंहलाई खुडा प्रहार गरि हत्या गरेको तरुण दलले कडा बिरोध जनाएको छ ।तरुण दलले हत्याराहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै मृतक सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

सत्ता र शक्तिको मातमा विपक्ष दलका कार्यकर्ताको हत्या निन्दनिय रहेको स्थानिय नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस कार्यकर्ता माथि पटक पटक आक्रमण भएको कांग्रेसले जनाएको छ। बझाङ कांग्रेसले हत्याको घटनामा पार्टी केन्द्रीय कार्यालयको ध्यान केन्द्रीत गर्न आह्वान गरेको छ।

बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि अमृत सिंहको हत्या गरेका छन्
बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि अमृत सिंहको हत्या गरेका छन्

 

 

Tags

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close