समाचार

शान्ति समाजद्वारा भूमि अतिक्रमणको विरोधमा बुटवलमा प्रदर्शन

[mashshare]

२४ मंसिर, बुटवल । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुटवलमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्ति र्‍याली तथा विरोध प्रदर्शन गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा शान्ति समाजले बुटवलको अस्पताललाइनदेखि ट्राफिकचोकसम्म मंगलबार र्‍याली निकाल्दै विरोध सभा गरेको हो ।

भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग हो, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको जिल्ला सभापति डीपी खनालले बताए ।

विरोध प्रदर्शनमा बोल्दै समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले नेपाली भूमि मिचिदा पनि सरकारले सहि ढंगले कदम नचालेको भन्दै राज्य सीमा सुरक्षामा पनि असफल भएको बताए ।

कार्यक्रममा कांग्रेसका नेता युवराज गिरी, समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, समाजका सभापति डीपी खनाल, सचिव अर्जुन ज्ञवाली लगायतले बोल्दै नेपालको भूमि फिर्ता गर्न र नक्का सच्याउन भारतसँग आग्रह गरे । कार्यक्रममा अधिकारकर्मी तथा विद्यार्थीको पनि सहभागिता रहेको थियो ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close