Home > Uncategorized > मुख्य प्रशिक्षक कालीनको राजीनामा स्वीकृत ः एन्फा

मुख्य प्रशिक्षक कालीनको राजीनामा स्वीकृत ः एन्फा

 

रमिला योञ्जन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले बताएको छ । नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फाले जनाएको छ ।

उक्त राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरेको छ । सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्य प्रशिक्षकका रुपमा नियुक्ति दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *