Uncategorized

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका लागि काठमाण्डौ आइपुगे

[mashshare]

मङ्सिर ११,बिहिबार /भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आएका हुन् । विदेश सचिव बनेपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गर्नेछन् भने उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम छ । भेटवार्तामा दुइ-देशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close