राजनितीसमाचार

प्रधानमन्त्रि केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान

[mashshare]

मङ्सिर ८,सोमबार। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् । उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।प्रधानमन्त्री ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश न१ का मुख्यमन्त्री शेरधन राई पनि रहेका छन् ।घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।

News

We mainly focus on quality code and elegant design with incredible support. Our WordPress themes and plugins empower you to create an elegant, professional and easy to maintain website in no time at all.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close